फाल्गुन १०, २०८१
दार्चुला — दार्चुलाको मार्मामा २८.३०४ मेगावाट क्षमताकाे मध्य चमेलिया जलविद्युत् आयाेजनाकाे शिलान्याश गरिएकाे छ । दार्चुला पावर लिमिटेडद्वारा सञ्चालित आयोजनाको शनिबार शिलान्यास भएको हाे ।
मार्मा गाउँपालिका-२ लाम्बगरमा रहेको जलविद्युत्काे ड्याम क्षेत्रमा प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले शिलान्यास गरेका हुन् ।जलविद्युत्आ याेजनाकाे ड्याम लाम्बगर र विद्युत् गृह शेरीमा रहने दार्चुला पावर लिमिटेडले जनाएकाे छ । ३ वर्षमा निर्माण सम्पन्न हुने आयाेजनाकाे लागत ६ खर्ब २३ कराेड ६२ लाखभन्दा बढी रहेकाे आयाेजनाका सञ्चालक गुरु न्याैपानेले जानकारी दिए । शेरीदेखि साढे ८ किलाेमिटर लामाे प्रसारण लाइनमार्फत विद्युत् चमेलियामा जाेडिनेछ ।
शिलान्यास कार्यक्रममा प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंह, पूर्वमन्त्री गणेशसिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेशसभा सदस्य मानबहादुर धामी र विक्रमसिंह धामीसमेत सहभागी थिए ।