जलस्रोत विधेयकको दफा १७ टुंगिएन, समितिबाट अरु सबै दफा पारित

Swastika Bhandari

फाल्गुन ८, २०८१

काठमाडौँ — जलस्रोत विधेयकको दफा १७ बाहेकका सबै दफा प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले सर्वसम्मत पारित गरेको छ । सिंहदरबारमा बिहीबार बसेको बैठकले विधेयकको १७ बाहेक सबै दफा पारित गरेको समिति सभापति दीपकबहादुर सिंहले बताए ।उनका अनुसार विधेयकमा भएको भाषिक त्रुटिलाई अन्तिममा मिलाउने सहमति भएको छ ।विधेयकको दफा १७ मा तल्लो तटीय र माथिल्लो तटीय क्षेत्रबारे अझै छलफल गर्नुपर्ने भएकाले अर्को बैठकले टुंगो लगाउले उनले बताए । ‘उक्त दफासहित विधेयकमाथि गहन छलफल गरेर लामो समयसम्म कानुन संशोधन गर्नु नपर्ने गरी प्रतिवेदन बुझाउने तयारी छ,’ उनले भने ।

‘जलस्रोत विधेयकलाई समितिले राष्ट्रहित, जनहितमा लगी ६० लाख नेपालीको जुन सेयर छ, त्यसलाई पनि संरक्षण गरेर विधेयकलाई संशोधन गर्नु नपर्नेगरी सदनमा पेस गर्छौं,’ समिति सभापति सिंहले भने ।

विद्युत् क्षेत्रमा रहेको ६० लाख नागरिकको सेयर संरक्षण गर्ने गरी विधेयक आउने उनको दाबी छ ।

Sharing Is Caring:

Leave a Comment