सुनको मूल्य तोलामा ५ सयले बढ्यो

Swastika Bhandari

फाल्गुन ८, २०८१काठमाडौँ — बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधबारको तुलनामा आज सुनको मूल्यमा प्रतितोला ५ सय बढेको छ । यस्तै चाँदीमा भने १० रुपैयाँ बढेको छ ।बुधबार एक लाख ७० हजार ५०० रुपैयाँमा किनबेच भएको एक तोला सुनको मूल्य आजका निम्ति एक लाख ७१ हजार निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महांघले जनाएको छ ।

यसैगरी, बुधबार एक हजार ९८५ मा कारोबार भएको सोही परिमाणको चाँदीको मोल एक हजार ९९५ रुपैयाँ कायम भएको छ ।

Sharing Is Caring:

Leave a Comment