नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी आजदेखि

Swastika Bhandari

फाल्गुन ८, २०८१काठमाडौँ — नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको दशौं संस्करण बिहीबार सुरु हुँदै छ । काठमाडौंस्थित भृकृटीमण्डपमा आयोजना हुने प्रदर्शनीमा विभिन्न मुलुकका तीन सयभन्दा बढी ब्रान्डका १ सय ५० भन्दा बढी स्टल रहनेछन् ।निर्माणसम्बन्धी उद्योग, कम्पनी, डिलर तथा बिक्रेताले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनबारे जानकारी गराउने स्टल रहने आयोजकले जनाएको छ । यस क्षेत्रमा आइरहेका नयाँ–नयाँ प्रविधिबारे जानकारी गराउन यस्तो प्रदर्शनी ९ वर्ष हुँदै आएको छ ।अन्तर्राष्ट्रिय प्रदर्शनीमा निर्माण सामग्री, केमिकल, प्रि–फ्याब स्ट्रक्चरलगायत सामग्रीको प्रदर्शनी हुनेछ । प्रदर्शनीमा निर्माण व्यवसायसँग सम्बन्धित उत्पादन तथा नवीनत प्रविधि प्रमुख आकर्षणमा रहने आयोजकले जनाएको छ । प्रदर्शनीले नेपालमा उत्पादन भइरहेका सामग्री र प्रविधिलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म लैजान सहयोग पुग्ने बताइएको छ ।

प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गरिहेका नेपालका दिग्गज आर्किटेक्ट, इन्जिनियर, कन्ट्र्याक्टर, बिल्डर, इन्टेरियर डिजाइनरको उल्लेख्य सहभागिता रहनेछ । साथै निजी घर, व्यापारिक कम्प्लेक्स र व्यावसायिक भवन बनाउने व्यक्ति तथा संस्थाका साथै सर्वसाधारणको पनि सहभागिता रहनेछ ।

Sharing Is Caring:

Leave a Comment