८ माघ, काठमाडौं । बिहीबार सेयर बजारमा कुल ८ अर्ब ६२ करोड रुपैयाँको कारोबार भयो । यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको हिस्सा ३३ प्रतिशत हो ।
बिहीबार टप १० ब्रोकर कम्पनीमार्फत कुल २ अर्ब ८८ करोड ७७ लाख रुपैयाँको खरिद हुँदा २ अर्ब ८० करोड ७९ लाख रुपैयाँको बिक्री भयो ।
टप १० ब्रोकर कम्पनीको बिक्रीभन्दा खरिद धेरै देखियो । यद्यपि ५ ब्रोकरमार्फत खरिद धेरै भएको छ भने ५ मार्फत नै बिक्री धेरै भएको छ । नासा, अनलाइन, श्रीकृष्ण, अग्रवाल र कोहिनुरमार्फत खरिद धेरै भएको छ भने डायनामिक, भिजन, इम्पेरियल, सनी र आर्यतारामार्फत बिक्री धेरै भएको छ ।
टप १० ब्रोकर कम्पनीमार्फत यस दिन धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रिइन्स्योरेन्स, सीईडीबी होल्डिङ्स, एनआरएन इन्फ्रास्ट्रक्चर र नारायणी डेभलपमेन्ट क्रमशः अगाडि रहे ।