आइतबार तोलामा २७ सय घट्यो सुन

Swastika Bhandari

४ फागुन, काठमाडौं । आइतबार एकैदिन सुनको भाउ तोलामा २७ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ६७ हजार ५ सय रुपैयाँ तोकेको छ ।अघिल्लो दिन प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ थियो । चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९७० रुपैयाँ रहेको चाँदी आज १९५५ रुपैयाँ कायम भएको छ ।

Sharing Is Caring:

Leave a Comment