२ फागुन, काठमाडौं । द क्लिफले भ्यालेन्टाइन्स डेका अवसरमा ‘ट्यान्डम’ (दुईजनासँगै खेल्न मिल्ने) बन्जी र विश्वकै लामो तथा अग्लो ‘मेगाट्रोल’ सञ्चालनमा ल्याएको छ ।
प्रेमिल महिना फेब्रुअरीभरि एड्भेन्चरतर्फ ट्यान्डम स्विङ, स्काई साइकल, स्काई क्याफे र रिसोर्टतर्फ कटेज रुममा २० प्रतिशत छुट दिएको द क्लिफले जनाएको छ ।स्विङ गर्दा जोडीले सँगै खेल्ने सुविधा पहिले नै भए पनि बन्जीमा भने नयाँ सुरुवात गरिएको द क्लिफका अध्यक्ष राजु कार्कीले बताए ।
ट्यान्डम बन्जी खेल्न १३ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ । फोटो भिडियो र दुई वटा बन्जी टिसर्टको थप २ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ ।२ सय ५५ मिटर अग्लो मेगाट्रोलको लम्बाइ १ हजार २ सय २८ मिटर छ । यसमा एकै पटकमा ३ जनासम्म खेल्न सकिन्छ । एक्लै वा जोडीसँगै पनि खेल्न सकिने र मेगाट्रोलको गति प्रतिघण्टा १ सय ४० किलोमिटर हुनेछ ।
मेगाट्रोल खेल्न प्रतिव्यक्ति ४ हजार रुपैयाँ लाग्ने छ । ट्यान्डम खेल्दा ७ हजार रुपैयाँ र तीन जना खेल्दा ९ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ । टिसर्ट र भिडियो प्याकेजको थप शुल्क लाग्नेछ ।
‘मेगाट्रोल पनि साहसिक गतिविधिमै पर्छ, यसले जिपलाइन र रोलरकोस्टरको ब्लेन्डेड अनुभव दिन्छ,’ कार्कीले भने, ‘एक वर्षअघि निर्माण सुरु गरिएको मेगाट्रोल भ्यालेन्टाइन्स डेको मौका पारेर सुरु गरेका छौं ।’
पोखरास्थित द क्लिफको काउन्टरबाट बुकिङ गर्नेले १ हजार रुपैयाँमा पोखरादेखि कुश्मासम्मको दुईतर्फी यातायात सुविधासमेत पाउने जनाइएको छ ।