पञ्चेश्वर अगाडि बढाउनेबारे ऊर्जामन्त्री खड्का र भारतका जलशक्तिमन्त्रीबीच छलफल

Swastika Bhandari

फाल्गुन १, २०८१

काठमाडौँ — ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का र भारतका जलशक्तिमन्त्री सीआर पाटिलबीच पञ्चेश्वर बहुउदेश्यीय आयोजना अगाडि बढाउनेबारे छलफल भएको छ । ‘इण्डिया इनर्जी वीक–२०२५’ मा भाग लिन भारतको नयाँदिल्ली पुगेका ऊर्जामन्त्री खड्काले बिहीबार भारतका समकक्षी पाटिलसँग भेटवार्ता गरेका हुन् ।भेटमा पञ्चेश्वर बहुउदेश्यीय आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) छिट्टै फाइनल गरेर आयोजना अघि बढाउने सहमति भएको भेटमा सहभागी उर्जा मन्त्रालयका वरिष्ठ उर्जा विज्ञ प्रवबल अधिकारीले जनाए ।टनकपुरदेखि नेपाल–भारत सिमानासम्मको लि‌ंक नहर निर्माण सम्पन्न भइसकेको तर पानी सञ्चालन कार्यविधिलाई अन्तिम रुप दिई महाकाली सन्धीअनुसार पानी छाड्ने सहमति भएको छ । बाढी र डुबान व्यवस्थापनको लागि संयुक्त समितिको १४ औँ बैठक आगामी मार्च २२ देखि २४ सम्म गर्ने र यसका लागि मन्त्रालयबाट औपचारिक पत्राचार गर्ने सहमति भएको छ ।

सप्तकोशी बहुउदेश्यीय आयोजनाको डिपिआर सम्बन्धमा पनि दुई पक्षीय बैठकहरुमार्फत छलफल अगाडि बढाउने सहमति भएको छ । ऊर्जामन्त्री खड्काले गत ५ नोभेम्बरमा भएको भेटघाट र छलफलले दुई देशको सहकार्यमा जलस्रोतको क्षेत्रमामा महत्वपूर्ण कार्य अघि बढ्न थप हौसला प्रदान गरेको स्मरण गरे ।भेटमा भारतका जलशक्तिमन्त्री पाटिलले पञ्चेश्वर आयोजनाको डीपीआरलाई चाँडो अन्तिम रुप दिन र उक्त आयोजनालाई चाँडो अगाडि बढाउन भारत सरकार सकारात्मक रहेको बताए ।

Sharing Is Caring:

Leave a Comment