१ फागुन, काठमाडौं । नेपाल पर्यटन बोर्डमा ‘फोटो नेपाल’ शृंखला पुनः सुरु गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सहभागीको सेल्फी खिचेर फोटो नेपाल उद्घाटन गरे ।यसअघि सन् २०१६ देखि बोर्डले यस्तो शृंखला गर्दै आएको थियो । बीचमा रोकिएको थियो । अहिले बोर्डले ‘कर्णाली नदी’ का तस्वीरहरू प्रदर्शनीमा राखेको छ ।
प्रदर्शनी तीन दिनसम्म बोर्डमा चल्ने छ । बिहान १० देखि ५ बजेसम्म तस्वीर प्रदर्शनी हुने बोर्डले जनाएको छ । ४५ दिनमा १ हजार ८० किलोमिटर यात्रा गर्दा खिचिएका तस्वीर प्रदर्शनीमा राखिएका छन् ।पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले नेपाललाई फोटोग्राफी मार्फत प्रवर्द्धन गर्न खोजिएको बताए ।