ऊर्जामन्त्री खड्का र भारतका विद्युत्‌मन्त्री खट्टरबीच भेटवार्ता

Swastika Bhandari

माघ ३०, २०८काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्का र भारतका विद्युत्‌मन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता भएको छ । ‘इण्डिया इनर्जी वीक–२०२५’ मा भाग लिन भारतको नयाँदिल्ली पुगेका मन्त्री खड्काले मंगलबार भारतका समकक्षी खट्टरसँग भेटवार्ता गरेका हुन् ।ऊर्जामन्त्री खड्काले गत वर्षको नोभेम्बर १५ मा नेपालबाट भारतीय प्रसारण लाइन हुँदै बगंलादेश विद्युत् निर्यात गर्न भारतले गरेको सहयोगप्रति भारत सरकारलाई धन्यवाद दिए । मन्त्री खड्काले नेपालले सुख्खायामको ‘पिकआवर’ (बेलुका ६ देखि १० बजेसम्म) मा भारतीय पावर एक्सचेञ्जको विद्युत् उपलब्ध हुन नसकेको भन्दै २४ सै घण्टा विद्युत् उपलब्धताको स्वीकृत दिन माग गरे ।हाल भारतले नेपाललाई एक हजार मेगावाट विद्युत् उपलब्ध गराउँदै आए पनि पिकआवरमा भने उपलब्ध गराएको छैन । ऊर्जामन्त्री खड्काले नेपालको आफ्नै लगानीमा निर्माण भएको तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् निर्यातका लागि स्वीकृत गर्न ध्यानाकर्षण गराए । ऊर्जामन्त्री खड्काले यसअघिको भारत भ्रमणका क्रममा भारतीय विद्युत्‌मन्त्री खट्टरलाई नेपाल भ्रमणका लागि निम्तो दिए पनि मंगलबारको भेटमा फ्रेबुअरी अन्तिम साता नेपाल भ्रमण हुनेगरी छलफल भएको छ ।

भेटमा भारतका विद्युत्‌मन्त्री खट्टरले नेपालको ऊर्जा क्षेत्रको विकासमा सँधै भारतको साथ र सहयोग रहेको बताए । उनले दुई देशबीचको विद्युत् विकासलाई आपसी छलफल र सहकार्यमार्फत अगाडि बढाउने बताए । भारतका विद्युत्‌मन्त्री खट्टरले भारतीय कम्पनीले नेपालमा बनाइरहेका आयोजनाको आवश्यक सहजीकरण गर्न आग्रह गरे ।

Sharing Is Caring:

Leave a Comment