फागुनमा एउटा बैंकको ब्याज बढ्दा एउटाको घट्यो, १८ को स्थिर

Swastika Bhandari

माघ ३०, २०८१काठमाडौँ — फागुन महिनाका लागि एउटा बैंकले निक्षेपको ब्याज बढाउँदा एउटाले घटाएको छ भने १८ वटा बैंकको स्थिर छ । १८ वटा बैंकले फागुनका लागि पनि यही माघकै ब्याजदर स्थिर राखेपछि २० वटा वाणिज्य बैंकको औसत ब्याजदरमा भने परिवर्तन आएको छैन् ।फागुन महिनामा पनि सबै वाणिज्य बैंकहरूमा एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर औसत ६.००१ प्रतिशत छ । यो यही माघकै बराबर हो ।फागुनका लागि लक्ष्मी सनराइज बैंकले एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ०.२५ प्रतिशत विन्दुले घटाएर ५.५ प्रतिशत कायम गरेको छ । माघमा यो बैंकको मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ५.७५ प्रतिशत छ ।

यस्तै, ग्लोबल आईएमई बैंकले मुद्दती निक्षेपको अधिकतम सीमा ०.२५ प्रतिशत विन्दुले बढाएर ६ प्रतिशत बनाएको छ । माघमा यस्तो ब्याजदर ५.७५ प्रतिशत थियो । बाँकी १८ वटा वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर यथावत् राखेका हुन् ।

Sharing Is Caring:

Leave a Comment