हिमालय एयरलाइन्सले मार्चदेखि पोखरा–ल्हासा सिधा उडान गर्ने

Swastika Bhandari

३० माघ, काठमाडौं । निजी लगानीको नेपाली अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले पोखरा–ल्हासा रुटमा सिधा उडान गर्ने भएको छ ।

हिमालयले बुधबार यस्तो घोषणा गरेको हो । कम्पनीले आगामी मार्चदेखि सिधा उडान गर्ने घोषणा गरेको हो । यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो नियमित उडान हुनेछ ।यसअघि पोखरामा चार्टर उडान भइरहे पनि नियमित उडान हुन सकेको छैन । पोखरा नेपालको पर्यटन राजधानी हो । यस गन्तव्यमा चिनियाँ पर्यटक लक्षित गर्दै हिमालयले सिधा उडान गर्न लागेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार हिमालयले ल्हासाका लागि ‘स्लट’ मागिरहेको थियो ।‘हिमालयले ल्हासामा स्लट पाएको हुनुपर्छ,’ उनले भने, ‘अब हिमालयले पोखराबाट ल्हासा उडाउन समस्या छैन, जति बेला पनि उडान गर्न सक्छ ।

Sharing Is Caring:

Leave a Comment