दोहोरो अंकले घट्यो नेप्से, ७ अर्बको सेयर कारोबार 

Swastika Bhandari

माघ २८, २०८१काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक १०.९८ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा ०.४० प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ६ सय ७७.३२ विन्दुमा ओर्लेको छ ।उक्त दिन कारोबारमा आएकामध्ये ७७ वटा कम्पनीको सेयरमूल्य बढ्यो, १६१ वटाको घट्यो भने बाँकी ६ वटा कम्पनीको स्थिर रह्यो ।

७४ हजार ८ सय ६४ पटकको कारोबारमा १ करोड ४४ लाख ४३ हजार ७ सय ६५ कित्ता सेयर किनबेच भए । ती किनबेचमा करिब ७ अर्ब ९६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको हो ।मंगलबार कारोबारमा आएकामध्ये १३ उपसमूहमध्ये व्यापार र अन्य बाहेक सबैको परिसूचक घटेपछि समग्र नेप्से दोहोरो अंकले घटेको हो ।

Sharing Is Caring:

Leave a Comment