२८ माघ, काठमाडौं । नेपालका सबै स्थानीय तहमा ‘क’ वर्गका (वाणिज्य) बैंक पुगेका छन् ।
सोमबार बझाङ साइपालमा ७५३औं स्थानीय तहमा बैंक शाखा सञ्चालनमा आएको हो । उक्त शाखा उद्घाटन गर्न नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बझाङ पुगेका छन् ।
उनले साइपाल गाउँपालिकामा एभरेस्ट बैंक लिमिटेडको शाखा उद्घाटन गरे । योसँगै सबै स्थानीय तहमा वाणिज्य बैंक शाखा पुगेको राष्ट्र बैंकले जनाएको छ ।