जनता आवास कार्यक्रम : मकवानपुर र चितवनमा बने दुई हजार घर

Swastika Bhandari

माघ २७, २०८१

हेटौंडा — जनता आवास कार्यक्रम अन्तर्गत् मकवानपुर र चितवनमा १४ वर्षको अवधिमा २ हजार ७ वटा घर निर्माण भएका छन् ।आर्थिक रुपले अति विपन्न तथा लोपोन्मुख र सीमान्तकृत समुदायका अति गरिबहरूलाई निजी घरको व्यवस्था गर्न संघीय सरकारले आर्थिक वर्ष २०६७/०६८ देखि मकवानपुरमा जनता आर्थिक वर्षास कार्यक्रम सञ्चालन गरेको थियो ।आर्थिक वर्ष २०७५/०७६ देखि संघीय सरकारले जनता आर्थिक वर्षास कार्यक्रम प्रदेश सरकारलाई हस्तान्तरण गर्‍यो । प्रदेश सरकारलाई संघीय सरकारले उक्त कार्यक्रम हस्तान्तरण गरेपछि आर्थिक वर्ष २०७५/०७६ देखि चितवनमा पनि जनता आर्थिक वर्षास कार्यक्रम सञ्चालन गरियो ।

जनता आर्थिक वर्षास कार्यक्रम अन्तर्गत चेपाङ, वनकरिया, वोटे, पहरी, माझी र दलित समुदायका अतिविपन्न र लोपोन्मुख एवं सीमान्तकृत समुदायका व्यक्तिहरूलाई कार्यविधि अनुसार छनोट गरेर सरकारले भवनहरू बनाएर हस्तान्तरण गर्दै आएको छ ।प्रदेश सरकार मातहत रहेको शहरी विकास तथा भवन कार्यालयले लाभग्राहीको छनोट गर्नुका साथै भवन निर्माणको कामहरू गर्दै आएको छ । संघीय सरकारले मकवानपुरमा आर्थिक वर्ष ०६७/०६८ देखि आर्थिक वर्ष ०७४/०७५ सम्म चेपाङ समुदायका अति विपन्न ७ सय १ सय चेपाङलाई घर बनाएर हस्तान्तरण गरिसकेको शहरी विकास तथा भवन कार्यालय हेटौंडाका प्रमुख सुवोध अधिकारीले बताए ।आर्थिक वर्ष ०७५/०७६ देखि प्रदेश सरकारले चितवन र मकवानपुरमा जनता आर्थिक वर्षास कार्यक्रम सञ्चालन गरेको छ । ‘यस अवधिमा यी दुई जिल्लामा एक हजार ३ सय ६ वटा घर निर्माण गरेर हस्तान्तरण गरिसकेका छौं,’ उनले भने । शहरी विकास तथा भवन कार्यालय हेटौंडाले चितवन र मकवानपुरमा जनता आर्थिक वर्षास कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सबैभन्दा धेरै चेपाङ समुदायका लाभग्राहीलाई घर बनाएर हस्तान्तरण गरिएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षका निम्ति जनता आर्थिक वर्षास कार्यक्रमका लागि १४ करोड रुपैयाँ विनियोजन गरेको छ । उक्त रकमले शहरी विकास तथा भवन कार्यालयले एकीकृत वस्तीको अवधारणा अनुसार भवन निर्माण सुरु गरेको छ ।कार्यविधि अनुसार छनोट भएका लाभग्राहीहरूको भवन सकेसम्म एकै स्थानमा निर्माण गर्ने योजना बनाएको थियो । उक्त योजना अनुसार कम्तिमा १० वटा भवन एकैस्थानमा निर्माण गर्ने लक्ष्य राखेको थियो । ’एकीकृत बस्तीमा पानी, बिजुली र वाटो पुर्‍याउन सजिलो हुने भएकाले एकीकृत बस्ती आर्थिक वर्षास कार्यक्रमको अवधारणा ल्याइएको हो,’ शहरी विकास तथा भवन कार्यालयका प्रमुख अधिकारीले भने,‘ एकीकृत वस्ती हुँदा काम गर्न पनि सजिलो हुन्छ ।’

एकीकृत बस्ती आर्थिक वर्षास कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा चितवनमा २ सय २७ वटा र मकवानपुरमा २ सय ९५ वटा भवन निर्माण हुँदैछन् । चितवनमा १ सय २७ वटा भवन निर्माण भइसकेका छन् भने मकवानपुरमा १ सय १६ वटा भवन निर्माण भइसकेको कार्यालय प्रमुख अधिकारीले बताए ।

‘मकवानपुरको राक्सिराङ गाउँपालिका–४ मा निर्माण गरिएको एकीकृत बस्तीका भवनहरू छिट्टै हस्तान्तरण गर्दैछौं,’ उनले भने । उक्त आर्थिक वर्षास कार्यक्रमअन्तर्गत भवन निर्माण गर्न चार किस्तामा ३ लाख ८४ हजार रुपैयाँ उपलब्ध गराउने गरिएको छ ।

आर्थिक रुपले अति विपन्न तथा लोपोन्मुख र सीमान्तकृत समुदायका अति गरिबहरूलाई निजी घरको व्यवस्था गर्न विगत १४ वर्षदेखि जनता आर्थिक वर्षास कार्यक्रममा मकवानपुरमा सञ्चालित छ । चितवनमा भने ६ वर्षदेखि उक्त कार्यक्रम सञ्चालन भइरहेको छ ।

Sharing Is Caring:

Leave a Comment