चिया पर्यटन प्रवर्द्धन र टेष्टिङका लागि महोत्सव

Swastika Bhandari

माघ २७, २०८१

पाँचथर — पूर्वी पहाडका विभिन्न स्थानमा जैविक विधिबाट उत्पादन गरिॅदै आएको अर्थोडक्स चियाको बजारमा पहुँच विस्तार गर्न महोत्सव आयोजना गरिने भएको छ ।फागुन ५ र ६ गते पाँचथरको फिदिममा आयोजना हुने महोत्सवमा चिया पर्यटन प्रवर्द्धनका लागि विभिन्न क्रियाकलापहरु सञ्चालन गरिने महोत्सवबारे फिदिममा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।लाली चिया उत्पादक तथा प्रशोधन सहकारी संस्था फिदिमको आयोजना, फिदिम नगरपालिकाको प्रवर्द्धन र पर्यटन तथा वातावरण कार्यालय काँकडभिट्टाको सहयोग रहने आयोजक संस्थाका अध्यक्ष टंकप्रसाद राईले जानकारी दिए ।

उनका अनुसार महोत्सवमा विभिन्न स्थानमा उत्पादन भएको चियाको प्रदर्शनी, स्वाद चाख्ने, बिक्री वितरण गर्ने र चियाको बहु आयामिक पक्षमा अन्तर–संवाद (प्यानल डिस्कस) लगायतका कार्यक्रमहरु रहेका छन् ।महोत्सवले चियाको प्रवर्द्धन, बजारीकरण, संस्कृति जगेर्ना जस्ता विषयमा सहयोग पुर्‍याउने आयोजकको दाबी छ । कार्यक्रममा देश विदेशका चिया विज्ञहरुको सहभागिता रहने बताइएको छ ।

Sharing Is Caring:

Leave a Comment