क्यान इन्फोटेकमा थरीथरी ल्यापटप

Swastika Bhandari

माघ २६, २०८१

काठमाडौँ — भृकुटीमण्डपमा ३० औं संस्करणको ‘क्यान इन्फोटेक २०२५’ मेला चलिरहेको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघको ) ले आयोजना गरेको मेलामा विभिन्न प्रविधिमा आधारित उपकरण, कम्प्युटर, रोबोटिक्सलगायतका स्टल राखिएका छन् ।थरीथरीका ल्यापटपले दर्शकको ध्यान तानिरहेको आयोजकले जनाएको छ । एउटै छानामुनि विभिन्न ब्रान्डका ल्यापटप पाइने भएकाले सर्वसाधारण यिनका स्टलमा झुम्मिने गरेका छन् । मेलाले उनीहरूलाई छनोटको सुविधा पनि दिएको छ । डेल, एसर, लेनोभोलगायत ब्रान्डका ल्यापटमा आकर्षण रहेको आयोजकको भनाइ छ ।मेलामा थरीथरीका ल्यापटप त पाइन्छन् नै, उपभोक्ताको रुचिअनुसारको मूल्यका पनि रहेको आयोजकले जनाएको छ । डेल इन्सपिरन ७५६ आईफाइभ ८ जीबी र्‍यामको ल्यापटपको मूल्य ६९ हजार ९ सय ९९ रुपैयाँ रहेको कम्पनीले बताएको छ ।

यसमा ५ सय जीबी हार्डडिस्क, १५.६ इन्च फुल एचडी टच स्क्रिनलगायत सुविधा रहेको कम्पनीको भनाइ छ । डेल इन्सपिरन ७४६० आईफाइभ पनि क्यानमा राखिएको छ । ८ जीबी र्‍याम, २५६ जीबी सोलिड स्टेट ड्राइभ, १४ इन्च फुलएचडी टच स्क्रिनलगायत सुविधा रहेको यसको मूल्य ७४ हजार ९ सय ९९ रुपैयाँ पर्ने जनाइएको छ ।डेलकै ल्याटिट्युड ३४५० अल्ट्रा७ ल्यापटप पनि इन्फोटेकमा उपलब्ध छ । ५१२ जीबी क्षमताको यसको मूल्य १ लाख ६५ हजार रहेको कम्पनीले बताएको छ । मेलामा डेलकै अप्टिप्लेक्स माइक्रो ७०१० आई ५ पनि ८ जीबी र्‍याममा उपलब्ध छ । यसको मूल्य १ लाख १० हजार रुपैयाँ पर्ने कम्पनीको भनाइ छ ।इन्फोटेकमा एसरले पनि आफ्नो उपस्थिति जनाएको छ । यसको भिभोबुक १४ ओएलईडी ८ जीबी र्‍याममा उपलब्ध छ । यसको मूल्य ९५ हजार रुपैयाँ रहेको कम्पनीले बताएको छ ।

लेनोभोले पनि इन्फोटेकमा स्टल राखेको छ । यसको योगा ५१० आई७ आठ जीबी र्‍याम, एक टीबी हार्डडिस्क ड्राइभ, १४ इन्च एचडी स्क्रिन, विन्डोज १० अपेरेटिङ सिस्टमलगायत सुविधासहित आएको छ । यसको मूल्य १ लाख ४० हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।इन्फोटेकमा अन्य ब्रान्डका ल्यापटप पनि उपलब्ध छन् । एचपी, आसुस, तोसिबालगायत ब्रान्डका ल्यापटप पनि उपलब्ध छन् । उपभोक्ताको रुचिअनुसारका ब्रान्ड राखेर तिनले

आफ्ना उत्पादन प्रदर्शनीमा राखेका छन् । बिहीबार सुरु भएको इन्फोटेकमा प्रवेश शुल्क सर्वसाधारणलाई १ सय र विद्यार्थीका लागि ५० रुपैयाँ शुल्क तोकिएको आयोजकले जनाएको छ । मेला ५ दिन चल्नेछ ।

Sharing Is Caring:

Leave a Comment