११.६४ अंकले घट्यो नेप्से

Swastika Bhandari

माघ २४, २०८१

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ११.६४ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा ०.४२ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ६ सय ९९.८१ विन्दुमा बन्द भएको छ । 

उक्त दिन कारोबारमा आएकामध्ये ७४ वटा कम्पनीको सेयरमूल्य बढ्यो, १६० वटाको घट्यो भने बाँकी ९ वटा कम्पनीको स्थिर रहयो ।९२ हजार ३ सय २६ पटकको कारोबारमा १ करोड ८६ लाख ८० हजार ३९२ कित्ता सेयर किनबेच भए । ती किनबेचमा करिब ९ अर्ब २४ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

Sharing Is Caring:

Leave a Comment