माघ २२, २०८१
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक १४.०८ अंकले घटेको छ । सोमबारको तुलनामा आज ०.५१ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ७ सय १५.९१ विन्दुमा ओर्लेको हो ।मंगलबार कारोबारमा आएकामध्ये ७१ वटा कम्पनीको सेयरमूल्य बढ्यो, १६२ वटाको घट्यो भने बाँकी ९ वटा कम्पनीको स्थिर रह्यो ।९० हजार २ सय २ पटकको कारोबारमा १ करोड ६९ लाख १७ हजार ८ सय ३५ कित्ता सेयर किनबेच भए । ती किनबेचमा करिब ८ अर्ब ९१ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको हो ।
मंगलबार कारोबारमा आएकामध्ये १३ उपसमूहमध्ये जलविद्युत् र अन्य बाहेक सबैको परिसूचक घटेपछि समग्र नेप्से दोहोरो अंकले घटेको हो ।