क्यान इन्फोटेक माघ २४ देखि २८ सम्म

Swastika Bhandari

माघ ४, २०८१

काठमाडौँ — कम्प्युटर एसोसिएशन नेपाल (क्यान महासंघ) को ३० औं संस्करणको सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’ माघ २४ देखि २८ गतेसम्म हुने भएको छ । क्यानले हरेक वर्ष आयोजना गर्दै आएको यो प्रदर्शनी काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । 

सञ्चार तथा सूचना प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरूको सहभागिता रहने महासंघले जनाएको छ ।

प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्नेछन् । अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरू र उपकरणको अवलोकन तथा खरिद गर्न पाउने क्यान महासंघका अध्यक्ष सुनैना पाण्डे घिमिरेले बताएकी छन् ।

क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरूलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादन सार्वजनिक गर्ने र ग्राहकसँग सम्बन्ध स्थापना गर्ने अवसर प्रदान गर्ने घिमिरेको भनाइ छ ।

प्रदर्शनीमा राखिने नवीनतम प्रविधि स्टार्टअप इन्नोभेसन तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने विश्वास लिइएको महासंघको विज्ञप्तिमा छ ।

Sharing Is Caring:

Leave a Comment