माघ ३, २०८१
काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधनको प्रोमोसन गर्नको लागि देशभर चार्जिङ स्टेशन बढाउनुपर्ने बताएका छन् ।
बिहीबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २५ वर्ष पुगेको अवसरमा आयोजित इप्पान इभी र्यालीमा सहभागि हुँदै घिसिङले यस्तो बताएका हुन् । उनले नेपालमा पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोग वृद्धि भएको बताए । उनले निजी सवारी साधन मात्रै नभएर अहिले देशभर जाने यात्रुवाहक समेत विद्युतीय सवारी साधनमा परिणत भइरहेको बताए । उनले यात्रुवाहक सवारी साधन समेत विद्युतीय वृद्धि हुँदै जानु भनेको ठूलो परिवर्तन भएको बताए ।
उनले पछिल्लो समय विद्युतीय सवारी साधनमा नेपालभर वृद्धि भएको उल्लेख गरे । उनले भने,‘इलेक्ट्रिकल भेकलमा ट्रान्सपोटेसन भएको छ । यो ठूलो परिवर्तन हो । पछिल्लो समय विद्युतीय सवारी साधनमा नेपालभर वृद्धि भएको छ । विद्युत्को माग बढाउने अभियान हो । अभियानलाई ठूलो सहयोग पुगेको छ । ७० प्रतिशत विद्युतीय सवारी साधनको खरिद विक्री भएको छ ।’
उनले मुलुकभित्रै विद्युत्को माग बढाउने प्राधिकरणको अभियान रहेको भन्दै इप्पानको इभी र्यालीले अभियानलाई ठूलो सहयोग पुगेको बताए । उनले पछिल्लो समय ७० प्रतिशत विद्युतीय सवारी साधनको खरिद विक्री भएको बताए । उनले विद्युतीय सवारी साधनको प्रोमोशन विद्युतीय सवारी साधन किनेर मात्रै नहुने बताए । उनले देशभर विद्युतीय सवारी साधनको लागि आवश्यक संरचनाहरू बनाउन जरुरी रहेको उल्लेख गरे । घिसिङले विद्युतीय चार्जिङ स्टेशनहरू मुलुकभर बनाउन जरुरी रहेको बताए । उनले सरकारले निजी क्षेत्रले ठूलो सहुलियतसहित प्रोत्साहन गरेको भन्दै ६ सय बढी चार्जिङ स्टेशनहरू निजी क्षेत्रले मात्रै बनाएको उल्लेख गरे ।
उनले भने, ‘विद्युतीय सवारी साधनको प्रामोसन विद्युतीय सवारी साधन किनेर मात्रै पनि हुँदैन । देशभर विद्युतीय सवारी साधनको लागि आवश्यक संरचनाहरू बनाउन जरुरी छ । जसमा विद्युतीय चार्जिङ स्टेशनहरू बनाउन जरुरी छ । निजी क्षेत्रले ठूलो सहुलियतसहित प्रोत्साहन गरेका छौं । अहिले ६ सय बढी चार्जिङ स्टेशनहरू निजी क्षेत्रले मात्रै बनाएको छ । अझै देशभर बनाउन आवश्यक छ । अहिले निजी क्षेत्रबाट ५ सय चार्जिङ स्टेशनहरूको लागि आवदेन आएको छ । यसले रोजगारी पनि सिर्जना गरेको छ ।’
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालमा उत्पादित विद्युत्लाई मुलुकभित्रै खपत गर्न आवश्यक रहेको बताए । उनले विद्युत् उत्पादन वृद्धि भइरहेको भन्दै मुलुकभित्रै खपत बढाउन जरुरी रहेको उल्लेख गर्नुभयो । उनले सबैले विद्युतीय सवारी साधन चढ्ने वातावरण सरकारले बनाउनुपर्नेमा जोड दिए ।