नेप्सेमा साढे २५ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

Swastika Bhandari

पुस २८, २०८१

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार २५.४१ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा ०.९६ प्रतिशतले घटेर समग्र नेप्से २ हजार ६ सय ९.६७ बिन्दुमा पुगेको हो । गत बिहीबार नेप्से १८ अंकले घटेको थियो ।

उक्त दिन कारोबारमा आएकामध्ये ४४ वटा कम्पनीको सेयरमूल्य बढ्यो, १९३ वटाको घट्यो भने बाँकी ६ वटा कम्पनीको स्थिर रहयो ।

४६ हजार ६ सय १४ पटकको कारोबारमा ८० लाख २१ हजार ६ सय ३१ कित्ता सेयर किनबेच भए । ती किनबेचमा करिब ४ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम घटेको हो । गत बिहीबार ७ अर्ब ३० करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो ।

आइतबार कारोबारमा आएकामध्ये १३ उपसमूहको परिसूचक घटेपछि समग्र नेप्सेमा उच्च अंकको गिरावट आएको हो ।

Sharing Is Caring:

Leave a Comment