पुस २६, २०८१
काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलहरू चाँडै सञ्चालनमा आउने बताएका छन् ।
शुक्रबार पोखरामा सुनौलो नेपालको गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान कार्यक्रममा बोल्दै उनले बताएका हुन् । उनले सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सम्पूर्ण रूपमा प्रयास गरिरहेको बताए । उनले पोखरामा निजी क्षेत्रले लगानी गर्ने वातावरण बनाउनासाथ विमानस्थल सञ्चालनमा आउने देखिएकाले लगानीको वातावरण बनाउने प्रयासमा सरकार रहेको बताए । उनले सरकारले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि मन्त्रिपरिषद्बाट उडान कम्पनीहरूलाई सहुलियतको घोषणा गरेको बताए । उनले उक्त सहुलियत कार्यान्वयनमा रहेको भन्दै केही ढिलाइ भएको विषयमा सरकार सचेत रहेको बताए ।
उनले भने,‘ सरकारले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि सम्पूर्ण रूपमा लागि रहेको छ । मन्त्रिपरिषद्बाट उडान कम्पनीहरूलाई सहुलियत समेत घोषणा गरेका छौँ । कार्यान्वयनमा छ । केही ढिला भएको छ । सरकारले बनाएको कार्य योजनाअनुसार कुन मन्त्रालयले कति काम गर्यो भनेर प्रधानमन्त्रीको तहमा मूल्याङ्कन गर्ने तयारीमा छौँ ।’
उनले सरकारले बनाएको कार्य योजनाअनुसार कुन मन्त्रालयले कति काम गर्यो ? भनेर प्रधानमन्त्रीको तहमा मूल्याङ्कन गर्ने तयारीमा रहेको बताए । उनले भारतका विभिन्न प्रान्तहरूमा पोखराबाट उडानको लागि प्रयासहरू जारी रहेको पनि जानकारी दिए । उनले चिनियाँ पक्षसँग पनि बारम्बार छलफल भइरहेको भन्दै चाँडै हिमालय एयरलाइन्सलाई चीनको लासामा उडानको लागि अनुमति दिने तयारी रहेको बताए । उनले सरकारले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न आग्रह गरिएको बताए।
उनले भने, ‘भारतका विभिन्न प्रान्तहरूमा पोखराबाट उडानको लागि प्रयासहरू जारी छन् । चिनियाँ राजदूतसँग पनि बारम्बार छलफल भइरहेको छ । नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न कुरा भएको छ ।’
उनले अन्य ठाउँको उडान कटौती गरेर नेपाल एयरलाइन्सले कुनै एउटा देशको उडान गर्न आग्रह गरेको र बुद्ध एयरलाइन्सले पनि आफैँ गर्ने प्रयास गरिरहेको बताए । उनले विमानस्थल चलेन भनेर धेरै निराश हुने अवस्था नभएको बताए । उनले सरकारले दुवै विमानस्थल चलाएर छोड्ने प्रतिबद्धता जनाए ।
हिमालय एयरलाइन्सले पोखरादेखि चीनको ल्हासासम्मको उडानको लागि तयारी गरिरहेको बताए ।
उनले भने, ‘अन्य ठाउँको उडान कटौती गरेर नेपाल एयरलाइन्सले कुनै एउटा देशको उडान गर्न आग्रह गरेका छौँ । बुद्ध एयरलाइन्सले पनि आफै गर्ने प्रयास गरिरहेको छ । त्यसैले धेरै निराशा हुने अवस्था छैन । त्यसले नकारात्मक मार्केटिङ भइरहेको छ । चल्दैन भन्नुहुँदैन । चल्छ । विमानस्थल सञ्चालनका अवरोधहरू समाधान गर्दै जाऔँ । उडानहरू दुवै विमानस्थलमा सुरु भएको छ । त्यसलाई थप बिस्तार गर्न निजी क्षेत्र र सरकार दुवै मिलेर अगाडि बढ्नुपर्छ । निजी क्षेत्रलाई लगानीको वातावरण सरकारले बनाउन साथ दुवै अन्तर्राष्ट्रिय विमानस्थलहरू सञ्चालन हुन्छन् । विमानस्थलको माध्यमबाट पोखराको पर्यटन माथि उठ्छ । गण्डकीको पर्यटनको केन्द्रबिन्दु हो ।’
उनले गण्डकीको पर्यटन माथि उठ्दा मात्रै सिङ्गो नेपाललाई पर्यटनबाट लाभ लिने वातावरण बनाउने बताए ।