२०८१ पुष १७ गते
काठमाडौं । चर्चित बलिउड निर्देशक, निर्माता तथा पटकथाकार इम्तियाज अली अंग्रेजी नयाँवर्ष २०२५ मनाउने सिलसिलामा अहिले काठमाडौंमा छन् ।
नयाँवर्षको पूर्वसन्ध्यामा अभिनेत्री मनीषा कोइरालाले मंगलबार राती काठमाडौंस्थित निवासमा भव्य न्यू–इयर इभ पार्टीको आयोजना गरेकी थिइन् जहाँ निर्देशक अली सहभागि रहे ।
प्राप्त भिडियोमा उक्त पार्टीमा मनीषाको परिवारसहित उनी निकट नेपाली फिल्ममेकर, कलाकारसहित अन्य साथीहरूलाई पनि सहभागि देख्न सकिन्छ । उनीहरूले नेपाली र बलिउड गीतमा नाच्दै रमाएको देखिएको छ ।
बलिउड निर्देशक अलीले पनि नाचेर रमाइलो गरे । सांगीतिक समूह सुरसुधाकी गायिका सरस्वती खत्रीसँग मिलेर मनीषाले ‘चिसो हावामा त्यसै मन मरालिन्छ’ गीत गाएकी थिइन् । उनको गायन सुमधुर देखिएको छ ।
बलिउड निर्देशक अली चर्चित हिन्दी फिल्महरू अमरसिंह चम्किला, तमासा, हाइवे, रकस्टार, लभ आजकल, जब वी मेटजस्ता फिल्मका लागि परिचित छन् । नयाँवर्ष सेलिब्रेसनको लागि नेपाल बोलाएकोमा अलीले इन्स्टाग्राममार्फत मनीषालाई धन्यवाद समेत दिएका छन् ।