११ फागुन, काठमाडौं । संरक्षित वन्यजन्तु सालकको खपटासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सर्लाहीका ४८ वर्षीय कुवेर बहादुर स्याङतान, नुवाकोटका ४० वर्षीय सन्तबहादुर गुरुङ, ओखलढुंगाका २८ वर्षीय राजु विश्वकर्मा र सुनसरीका ४२ वर्षीय मदन राई छन् ।
उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार साँझ गोकर्णेश्वरबाट पक्राउ गरेको हो ।
उनीहरुबाट साढे ८ किलो सालकको खपटा बरामद भएको छ । पक्राउ परेकाहरुलाई खपटासहित डिभिजन वन कार्यालय हात्तिसार पठाइएको छ ।